काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भेटवार्ता भएकाे छ ।
उनीहरूबीच मंगलबार साँझ कोटेश्वरमा भेटवार्ता भएकाे हाे । अध्यक्ष नेपालई भेट्न महासचिव विप्लवसहित पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा गएका थिए ।
भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा उनीहरूबीच गम्भीरतापूर्वक छलफल भएको छ ।